भाउजुको हत्या गरेको आरोपमा दुई देवर पक्राउ

 चैत २, २०७६ आइतबार ११:८:२३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - आफ्नै भाउजुको हत्या गरेको आरोपमा तेह्रथुम आठराई गाउँपालिका-४, ईवा तीनसल्लेमा दुई देवर पक्राउ परेका छन् ।  

२८ वर्षीया बिन्दा पुरीको हत्या गरेको आरोपमा देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे । बिन्दाका १० वर्ष र १५ महिनाका दुई छोरा छन् ।

दाइले पठाएको पैसा खर्च गर्न नपाएको भन्दै उनीहरुले भाउजुको हत्या गरेको बुझिएकाे छ । ईलाका प्रहरी कार्यालय स‌क्रान्तिका प्रहरी निरीक्षक शेशकराम थान्दारले झापाबाट राति गाडी रिजर्भ गरी उनीहरु तेह्रथुम गएको भाउजुको हत्यापछि उनीहरु झापा नै फर्किएको बताउनुभयो ।

विन्दाको श्रीमान् वैदेशिक रोजगारीको लागि दुबईमा छन् । 

अन्तिम अपडेट: चैत १, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया