पाँचथरमा गाडी दुर्घटना, एकको ज्यान गयो

 चैत ५, २०७६ बुधबार १९:३७:३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - सदरमुकाम फिदिम नगरपालिका-११ त्रितिया बजार नजिक बुधबार अपराह्न ४ बजे गाडी दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउनेमा फिदिम नगरपालिका १३ का ३५ वर्षीय बलबहादुर राई रहेका छन् । 

राई आफैँले चलाएको मे १ ज ३०६८ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।

राईलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएकाे हाे । दुर्घटनामा २२ वर्षीय विप्लव श‌ङ्कर र १७ वर्षीय उत्तम आङवो घाइते भएका छन् । 

उनीहरुको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै बुधबार नै पाँचथरकाे तुम्बेवा गाउँपालिका केन्द्र मौवा बजारबाट धरानका लागि छुटेको जीप सान्देमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।

ना १ ज ५२९७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।

अन्तिम अपडेट: चैत २५, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया