खग्रास चन्द्रग्रहणको बेलामा पानी पर्ने, नेपालबाट देखिने संभावना थोरै

 साउन ११, २०७५ शुक्रबार ८:४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शुक्रबार राती लाग्ने खग्रास चन्द्रग्रहण नेपालबाट देखिने संभावना कम मात्र रहेको मौसमविद्ले बताएका छन् । 

मौसमविद् वरुण पौडेलका अनुसार चन्द्र ग्रहणको बेलामा काठमाडौं उपत्यकासहित दिपायल, बिरेन्द्रनगर, धनकुटा र पोखराको मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने संभावना छ । मौसम बदली भएपछि ग्रहण छोपिने भएकाले देख्न समस्या हुने उहाँले बताउनुभयो । 

आज राती १२ बजेर ९ मिनेटमा सुरु हुने चन्द्रग्रहण राति २ बजेर ५८ मिनेटसम्म रहने नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया