असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - सरकारले भारतबाट नेपाल आउने हरेक नागरिकको निगरानी गर्ने भएको छ । भारतसँग सीमा जोडिएका विभिन्न नाकाबाट नेपाली आउने क्रम बढेकाले उनीहरु सबैको निगरानी गर्न लागिएको गृह मन्त्रालयले जनाएको हो ।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले सीमा नाकामा रहेका सुरक्षाकर्मी र सम्बन्धित प्रदेश, जिल्ला र वडामा रहेको प्रहरीबीच समन्वय गरी सीमा क्षेत्र हुँदै नेपाल आएका नागरिकको निगरानी गरिने बताउनुभयो ।
कोरोना संक्रमित सबै देशबाट नेपाल आउने सबैको निगरानी गरिने उहाँको भनाइ छ । उहाँका अनुसार यसरी संक्रमित देशबाट आउने सबै नेपालीलाई १४ दिनसम्म घरमा नै सेल्फ क्वारेन्टाइनमा बस्न लगाइने छ । उनीहरुलाई सम्बन्धित क्षेत्रमा रहेका प्रहरीले कोरोना भाइरसको जोखिमबारे सचेत गराइ उचित सल्लाह र सुझाव दिने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।
यस्तै उनीहरु सेल्फ क्वारेन्टाइनमा बसे नबसेको प्रहरीले अनुगमन गर्नेछ । अहिले संक्रमित देशबाट नेपाल आउने नागरिकको विवरण राख्न भनिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हवाई मार्ग हुँदै आएका केही नागरिकलाई क्वारेन्टाइमा राखिएकाले सीमा हुँदै आउनेको विवरण राखेर सेल्फ क्वारेन्टाइनमा बस्न लगाइने जनाएको छ । अहिले सीमा क्षेत्रमा कडाइ गरिएको पनि गृह मन्त्रालयले दावी गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।