बर्दियामा एक जनालाई आइसोलेसन र ६ जनालाई क्वारेन्टाइनमा राखियो

 चैत १०, २०७६ सोमबार १०:३५:५८ | भावुक योगी
unn.prixa.net

बर्दिया - छिमेकी देश भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका ७ जनालाई बर्दियाको सदरमुकाम गुलरियाबाट आइतबार राति नियन्त्रणमा लिइएको छ । 

भारतबाट गुलरिया प्रवेश गरेका ७ जनामध्ये एक जनालाई अत्याधिक ज्वरो आएपछि उनलाई बर्दिया जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

बाँकी ६ जनालाई गुलरियामा रहेको क्वारेन्टाइनमा पठाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । 
भारतसँगको सीमा नाका बन्द भएपछि लुकिछिपी प्रवेश गरेका कारण एक जनालाई आइसोलेसन र बाँकीलाई क्वारेन्टाइनमा राखिएको लामिछानेले बताउनुभयो ।

अलि बढी ज्वरो आएका बिरामीको ज्वरो बिस्तारै घट्दो क्रममा रहेको उहाँको भनाइ छ । ज्वरो नियन्त्रण नआएमा कोरोना भाइरससम्बन्धी परीक्षण गर्न नमुना काठमाण्डौ पठाइने उहाँले भन्नुभयो ।  अत्याधिक ज्वरो आएका बिरामी भेटिएपछि बर्दियामा उच्च सतर्कता अपनाइएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया