लुक्लामा पर्यटकलाई निःशुल्क खाना र बास

 चैत १३, २०७६ बिहिबार ११:४१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका २ लुक्लाले ‘लकडाउन’का कारण त्यतै रोकिएका पर्यटकहरुलाई निःशुल्क खाना र बासको व्यवस्था गरेको छ । 

सगरमाथा क्षेत्रको भ्रमणमा आएका बेला लकडाउन घोषणा भइ लुक्लामै रोकिएका पर्यटकहरुलाई बिहीबार बिहानबाट लकडाउन नखुलुञ्जेलसम्म निःशुल्क खान र बासको व्यवस्था गरिएको वडाध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिनुभयो ।

होटल एसोसिएशन लुक्लासँगको समन्यवमा पर्यटकका लागि निःशुल्क खाना र बासको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

लकडाउनका कारण लुक्लामा एक सय १९ जना पर्यटक रोकिएका छन् । यस्तै लुक्लाभन्दा माथि पनि झण्डै दुई सय पर्यटक रोकिएका पथप्रदर्शकहरुले बताएका छन् । 

अन्तिम अपडेट: चैत २६, २०७६

तपाईको प्रतिक्रिया