मकवानपुरमा तीन दिनमा लकडाउन उल्लंघन गर्ने २४७ गाडी नियन्त्रणमा

 चैत १४, २०७६ शुक्रबार १७:५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - सरकारले लकडाउन गरेको तीन दिनको अवधिमा मकवानपुर प्रहरीले २ सय ४७ वटा गाडी नियन्त्रणमा लिएको छ भने सडकमा हिँड्ने ९४ जनालाई नियन्त्रणमा लिएको छ । 

मकवानपुर प्रहरीले नियन्त्रणमा लिएकोमा सबैभन्दा धेरै २ सय १२ वटा मोटरसाइकल रहेका छन् । अटेर गरेर सडकमा हिँड्ने ९४ जनालाई भने नियन्त्रणमा लिएर सम्झाइ बुझाइ छोडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिल सिंह राठोरले जनकारी दिनुभयो । 

मकवानपुरमा अत्यावश्यक सामान जस्तै दूध, तरकारी, कुखुराको दाना, फोहोर बोक्ने तथा सुरक्षा निकायका गाडी भने निर्वाध रुपमा चलेको एसपी राठोरले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया