लकडाउन उल्लंघन गर्ने २ सय १६ वटा गाडी ट्राफिक प्रहरीको नियन्त्रणमा

 चैत १४, २०७६ शुक्रबार २०:२१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट लकडाउन उल्लंघन गर्ने २ सय १६ वटा गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार १ सय ८६ वटा मोटरसाइकल र ३० वटा चार पाङग्रे गाडीसहित २ सय १६ वटा गाडी नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यसअघि बिहीबारफिक प्रहरीले  नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई ‘लकडाउन’ को बेलामा गाडी चलाएकाले कारबाहीस्वरुप गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कोरोना सङ्क्रमण रोकथामको लागि लकडाउन गरिएकाले पालना गर्न प्रहरीले अनुरोध गरेको छ । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले सिङ्गो परिवार र आफन्तको लागि लकडाउन पालना गर्न सरकारले आग्रह गर्दै आएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया