भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा लकडाउन उल्लंघन गर्ने २ हजार भन्दा धेरै जनालाई प्रहरीले होल्ड गरेको छ ।
उपत्यकाबाट आइतबार एकै दिन २ हजार ५ सय ७८ जनालाई होल्ड गरेको प्रहरीले जनाएको छ । काठमाण्डौबाट १७ सय २, ललितपुरबाट ८२९ र भक्तपुरबाट ४७ जना होल्ड भएका प्रहरीले जनाएको छ ।
उनीहरु मध्ये केहीलाई सम्झाइ बुझाइ गरी छाडिएको छ भने केहीलाई सम्झाउने काम भइरहेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीको लकडाउन उल्लंघन गर्ने गर्ने १९१ वटा गाडीलाई नियन्त्रणमा लिएको छ। १ सय ८४ वटा दुई पाङग्रे र अरु चार पाङग्रे गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।