कर्णालीमा २८ नमुनामध्ये १७ को रिपोर्ट आयो, सबै नेगेटिभ

 चैत १९, २०७६ बुधबार १३:३२:४० | मुना हमाल
unn.prixa.net

सुर्खेत–कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा गरिएको नमुना परीक्षणमा कर्णाली प्रदेशमा हालसम्म १७ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । 

प्रदेशबाट जम्मा २८ जनाको नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाइएको थियो । त्यसमध्ये १७ जनाको रिर्पोट आइसकेको र सबै रिर्पोट नेगेटिभ देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यस्तै, नमुना परीक्षणका लागि पठाएका ११ जनाको रिपोर्ट भने आउन बाँकी छ । यसैबीच तीन जनाको नमुना परीक्षणका लागि बुधबार काठमाण्डौ पठाइँदैछ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीले सुर्खेतका एक जना र डोल्पाका दुई जनाको नमुना परीक्षणका लागि आज पठाउन लागिएको जानकारी दिनुभयो । 

मन्त्रालयले दिएको जानकारीअनुसार हुम्लाबाट दुई, डोल्पाबाट तीन, सुर्खेतबाट १०, कालिकोटबाट एक, जुम्लाबाट तीन, रुकुमपश्चिमबाट चार, दैलेखबाट दुई र सल्यानबाट तीन जनाको नुमना परीक्षण गर्न पठाइएको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया