बर्दियामा ४ सय ५९ मूल्यको स्यानिटाइजर १ हजार ५ सय रुपैयाँमा बेच्ने पक्राउ

 चैत १९, २०७६ बुधबार १८:४२:३४ | भावुक योगी
unn.prixa.net

बर्दिया - स्यानिटाइजर कालोबजारी गर्ने एक जना मेडिकल सञ्चालकलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । 

बर्दिया बासगढी नगरपालिकामा रहेको बुद्ध मेडिकल हलका सञ्चालक बुद्धि चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको विषम परिस्थितिमा बजार मूल्यभन्दा अत्याधिक बढी मूल्यमा स्यानिटाइजर बेचेको पाइएकोले मेडिकल सञ्चालकलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ । 

मेडिकल सञ्चालक चौधरीले ४ सय ५९ रुपैयाँ बजार मूल्य रहेको स्यानिटाइजर १ हजार ५ सय रुपैयाँमा बिक्री गरेर कालोबजारी गरेकाले उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक बास्तोलाले बताउनुभयो । पक्राउ परेका चौधरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया