म त खुसी हुन थालेँ नि

 चैत २०, २०७६ बिहिबार १६:१३:५० | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ - विश्व अहिले कारोना भाइरस (कोभिड–१९) को चरम मारमा छ । मानव बस्ती रहेको पृथ्वीका सबै ठाउँमा पुग्न लागेको कोरोनाबाट मानव जाति हायलकायम भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारी घोषणा गरी सचेत रहन सबै देशलाई चेतावनी दिएको छ । संयुक्त राष्ट्र सङ्घले यसलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो सङ्कट भनेको छ । पैसा, प्रविधि र दक्ष जनशक्तिले सम्पन्न रहेका देशहरु प्नि कोरोनाविरुद्धको युद्धमा निरीह देखिन थालेका छन् ।

केही अघिसम्म कोरोनालाई सामान्य भन्दै अभिव्यक्ति दिनुहुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब यसलाई खतराको सङ्केत भन्न थाल्नुभएको छ ।

तर अन्तर्राष्ट्रिय उडान रोकेको ११ दिन बितिसक्दासम्म नेपालमा डरलाग्दो सङ्क्रमण देखिएको छैन । अहिलेसम्म देखिएका सबै सङ्क्रमण विदेशबाट आएका हुन् । नेपालमै रहेका कसैलाई पनि सङ्क्रमण भएको छैन ।

विश्वलाई तर्साएको कोरोना भाइरसबाट नडराउने कोही छैन । खतरा नभएको पनि कोही छैन । नेपालमा पनि जुनसुकै बेला कोरोनाको डरालाग्दो सङ्क्रमण हुन सक्छ भन्ने सोचेर नै सरकारले तयारीलाई तीव्र बनाएको छ । छिमेकी देश चीनले सम्हाल्दै लगेको छ । तर हामीसँग खुला सीमा रहेको भारतमा सङ्क्रमण फैलिदै जानु हामीमाथिको अर्को दबाब हो । त्यसैले हामी डराउनैपर्छ । 

यही डरले एकान्तबासमा बसिरहेको बेला मेरो मनमा भने थप्रै खुसीहरु आउन थालेका छन् । एक्लै पकाउने, खाने, दिनमा २० पटकभन्दा धेरै पटक हात धुनेसहितको सरसफाइ गर्ने र अफिसको काम पनि कोठाबाटै भ्याउने गरिरहँदा मेरो मनमा आशा, विश्वास र खुसीहरु मडारिन थालेका छन् । 

‘लकडाउन’को पहिलो दिन अफिस गएर फर्किएपछि चैत १२ गतेदेखि सुरु भएको एकान्तबासको बसाइसँगै अर्को हप्ता नेपालको अवस्था खराब हुन सक्ने अनुमान थियो । तर अन्तर्राष्ट्रिय उडान रोकेको ११ दिन बितिसक्दासम्म नेपालमा डरलाग्दो सङ्क्रमण देखिएको छैन । अहिलेसम्म देखिएका सबै सङ्क्रमण विदेशबाट आएका हुन् । नेपालमै रहेका कसैलाई पनि सङ्क्रमण भएको छैन ।

तीन हप्तापछि पनि सङ्क्रमण देखिएका उदाहरणहरु छन् । तर त्यो निकै कम सम्भावना हो । त्यसैले एकान्तबासमा बस्दै गर्दा अर्को हप्ता नेपालमा सयौंको सङ्ख्यामा सङ्क्रमण देखिन सक्छ भन्ने जुन आकलन थियो त्यो गलत साबित हुन थालेको छ । त्यसैले म खुसी हुन थालेको छु । 

सङ्क्रमण फैलिएमा सबैभन्दा जिम्मेवार सरकार नै बन्नुपर्छ । त्यसैले सरकारले प्रयोग गरेको परीक्षण किट्स र दिएको प्रतिवेदनलाई विश्वास गर्छु । त्यही विश्वासमा अडेर भन्दा अब विदेशबाट कोरोना सङ्क्रमणलाई भित्रिन नदिने हो भने नेपालमा कोरोना फैलिने सम्भावना ज्यादै न्यून छ । 

बीबीसीलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्ययम र विश्व स्वास्थ्य सङ्गठनले समेत कोरोनाको लक्षण १४ दिनभित्र देखिने र धेरैजसोमा पाँचदेखि आठ दिनमा देखिने बताएका छन् । यस हिसाबबाट बाहिरबाट आउनेहरुमा अब भाइरस देखिने सम्भावना निकै कम हुँदै गएको छ ।

हुन त तीन हप्तापछि पनि सङ्क्रमण देखिएका उदाहरणहरु छन् । तर त्यो निकै कम सम्भावना हो । त्यसैले एकान्तबासमा बस्दै गर्दा अर्को हप्ता नेपालमा सयौंको सङ्ख्यामा सङ्क्रमण देखिन सक्छ भन्ने जुन आकलन थियो त्यो गलत साबित हुन थालेको छ । त्यसैले म खुसी हुन थालेको छु । 

चीनमा भाइरस फैलिदै गर्दा जुन किसिमको मौसम थियो । अहिले युरोपमा त्यस्तै मौसम हुनु र त्यहाँ सङ्क्रमण बढिरहनुले मौसमले समेत सङ्क्रमण फैलिनुमा भूमिका खेल्छ भन्ने विश्वास बढेकोले नेपालमा ठूलो महामारी नआउला भन्ने लाग्न थालेर पनि मेरो खुसी थपिएको हो । मौसमबारे यो अनुमान अन्तर्राष्ट्रिय स्तरका विज्ञहरुले पनि गरिरहेका छन् । 

मलाई लाग्छ सरकारले थपेको ‘लकडाउन’को अवधिसम्म सङ्क्रमितको सङ्ख्या ह्वात्तै नबढ्न सक्छ । त्यसैले त्यसपछिका दिनमा अन्तर्राष्ट्रिय आवागमन थप केही समयका लागि या भनौँ अरु देशमा सङ्क्रमण फैलिने क्रम नरोकिएसम्मका लागि रोकेर देशभित्रको आवागमन सुरु हुन सक्छ । त्यसपछि जनजीवन सामान्य बन्दै जाने आशाले मलाई खुसी दिइरहेको छ । 

कोरोनाविरुद्धको अभियानमा आमनागरिकको साथ छ । केही मानिस लखरलखर सडकतिर निस्किएपनि धेरैले ‘लकडाउन’ हाम्रै लागि हो भन्ने बुझेका छन् । अब सरकारले ‘लकडाउन’ खोलेपनि अझै केही समय मानिसहरु अत्यावश्यकबाहेक घुमफिर तथा भिडभाडमा जाँदैनन् । त्यसैले सङ्क्रमण एक्कासी बढ्ने खतरा कम हुन्छ । 

सायदै अब हामी साथीभाइ भेट्दा हात मिलाउँछौं, ‘हग’ वा ‘किस’ गर्छौं । मलाई लाग्छ, त्यसो गर्नुअघि धेरैपछिसम्म मानिसले कोरोना सम्झनेछन् । त्यसैले हामी हाम्रो संस्कार नमस्कारलाई पछ्याइरहनेछौँ । जसको कारण रुघाखोकी, मौसमी फ्लूलगायतका सङ्क्रमण सर्ने सम्भावना कम हुन्छ भने अर्कोतिर हामी संस्कारी बन्दै जानेछौं । 

कोरोनाको कहरको कारण विश्वको अर्थतन्त्र धरमराउने विज्ञहरुले अनुमान गरेका छन् । शक्तिराष्ट्रहरुको आर्थिक वृद्धिकर खुम्चिने, रोजगारी घट्नेलगायतका प्रक्षेपण भइरहेका छन् । तर नेपालजस्तो निर्यातमा पहिलेदेखि नै कमजोर, एकलकाँटे अर्थतन्त्र भएको र कुल गार्हस्थ उत्पादन (जीडीपी)को ठूलो हिस्सा कृषि भएको देशमा थेग्नै नसक्नेगरी अर्थतन्त्र खराब भइहाल्छ भन्ने मलाई लाग्दैन ।

पर्यटन क्षेत्र पुरै तहसनहस हुँदा बढीमा पाँच प्रतिशत जीडीपीमा असर गर्ने हो । रेमिट्यान्सलगायतमा पनि असर गर्छ । तैपनि सात प्रतिशतको महत्त्वाकाङ्क्षी आर्थिक वृद्धिदर हासिल नभएपनि शून्यमै झर्छ भन्ने लाग्दैन । यसले पनि खुसी थपेको छ । 

अब नेपालमा सङ्क्रमण थेग्नै नसक्नेगरी फैलिदैन र अर्थतन्त्र पुरै खराब हुँदैन भन्ने मेरो आकलनले मलाई खुसी थप्न सहयोग गरेको छ । तर साँच्चै खुसी थपेको विषय भने हाम्रो बानीव्यवहारमा भएको परिवर्तन हो । 

सायदै अब हामी साथीभाइ भेट्दा हात मिलाउँछौं, ‘हग’ वा ‘किस’ गर्छौं । मलाई लाग्छ, त्यसो गर्नुअघि धेरैपछिसम्म मानिसले कोरोना सम्झनेछन् । त्यसैले हामी हाम्रो संस्कार नमस्कारलाई पछ्याइरहनेछौँ । जसको कारण रुघाखोकी, मौसमी फ्लूलगायतका सङ्क्रमण सर्ने सम्भावना कम हुन्छ भने अर्कोतिर हामी संस्कारी बन्दै जानेछौं । 

अर्को कुरा, अब हामी हात धोइरहने छौं । यसअघि विभिन्न सङ्घसंस्थाले हात धुनेबारेमा सिकाइरहँदा हामीले बेवास्ता गर्दै आएका थियौं । कतिसम्म भने पिसाब फेरेर आएपछि पनि हात नधोइकन खानेकुरा समात्ने र अरुसँग हात मिलाउने हामी नै हौं । अब त्यसो हुने छैन । हामी बारम्बार साबुन पानीले मिचिमिची हात धुन्छौं भने हात नधोएर बारम्बार अनुहार छुने बानी पनि कोरोनाको कहर सकिँदासम्म सबैजसोले छाडिसकेका हुनेछौं ।

हाम्रा पुर्खाले टाढाबाट आएपछि आगोपानी नछोई अरुलाई छोएमा पिसाच पछ्याएको हुन्छ भन्दा नपत्याइरहेका हामी अब विज्ञानले नै भाइरस नामको पिसाच आएको हुन्छ भन्ने प्रमाणित गरेपछि हामी हात खुट्टा सफासँग नधोएर भित्र पस्ने छैनौं । धेरै प्रयास गर्दा पनि बदल्न नसकिएको यो बानी कोरोनाले बदलिदिएको छ ।

ब गाउँघरमै विद्यालय, स्वास्थ्यसंस्थालगायतको विकास गरी खुला ठाउँमा बसोबास गर्न युवाहरुको सोच आउँछ भन्ने मलाई विश्वास लागेको छ । यसबाट कुनै ठाउँमा मानिसको बसोबास थेग्नै नसक्ने हुने र कतै खाली हुने समस्या पनि घट्दै जाला भन्ने लागेर मेरो मनमा खुसी थपिरहेको छ । 

 

अहिले हाम्रो बानी भनेको सामान्य रुघाखोकी लाग्नासाथ औषधि पसलबाट ‘एण्टिबायोटिक’ किनेर खाने हो । तर अब हामी तातोपानी, झोलिलो खानेकुरालगायतले एक हप्तामा रुघाखोकी ठिक हुन्छ, नभए अस्पताल जाने तर जथाभाबी एण्टिबायोटिक नखाने भन्ने कुरामा दृढ हुनेछौं । यो बीचमा धेरैले आफूलाई लागेको रुघाखोकी त्यसैगरी निको बनाएका छन् । जसले विश्वास बढेको छ । 

अर्को हो व्यक्तिगत दूरी । मानिस अब कमैमात्र अरुसँग ठोक्किदै हिड्छ । मान्छेले थाहा पाएको छ । अर्को मान्छेलाई छोयो भने उसमा भएको सङ्क्रमण सर्छ । त्यसैले मानिसले सकेसम्म भौतिक दूरी कायम गर्छ । यसबाट महिलामाथि हुने हिंसा घट्ने आशा गर्न सकिन्छ भने अर्कोतिर विभिन्न किसिमका सङ्क्रमण सर्ने जोखिम पनि कम हुन्छ । 

अब हामी बिर्सिएर पनि मान्छेअघि खुला रुपमा हाच्छ्युँ गर्दैनौं । त्यसो गरे कुटाइ खानेसम्मको सम्भावना हुने भएकोले अब हामी रुमाल वा कागजले नाक मुख छोपेर नभए कुहिनाले छोपेर हाच्छ्युँ गर्छौं । जसले गर्दा मौसमी फ्लू र रुघाखोकीलगायतका धेरै सङ्क्रमण सर्ने सम्भावना न्यून हुन्छ । 

यस्तै हामीले हाम्रो प्रतिरक्षा प्रणाली बलियो बनाएमा रोगले भेट्दैन भन्ने बुझ्न थालेका छौं । जुन कुरा कोरोनाको कहरले सिकाएको छ । त्यसैले अब प्रतिरक्षा प्रणाली बलियो बनाउने खानेकुराको प्रयोग तथा व्यवहार सुधार्छाैं । यो कुरा हामीमात्र हैन, हाम्रा सन्तानले समेत जान्नेछन् । 

अर्को कुरा, बाक्लो सहर विपत्तिमा काम लाग्दैन भन्ने हामीले बुझेका छौं । अब गाउँघरमै विद्यालय, स्वास्थ्यसंस्थालगायतको विकास गरी खुला ठाउँमा बसोबास गर्न युवाहरुको सोच आउँछ भन्ने मलाई विश्वास लागेको छ । यसबाट कुनै ठाउँमा मानिसको बसोबास थेग्नै नसक्ने हुने र कतै खाली हुने समस्या पनि घट्दै जाला भन्ने लागेर मेरो मनमा खुसी थपिरहेको छ । 

‘लकडाउन’मा एक्लै बस्दा मेरो मनमा खुसी थप्नको लागि आएका यी कुरामध्ये नेपालमा अब भाइरस फैलिदैन कि भन्ने सम्भावनालाई शङ्कामै राख्दा पनि हाम्रा व्यवहारमा हुने सुधारहरु भने धेरैजसो दिगो हुनेछन् । यसरी थोरै समयमा कोरोनाले हाम्रो बानीव्यवहार परिवर्तन गर्न बाध्य पारेकोमा मेरो मन हर्षले पुलकित भएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया