कोरोना भाइरसविरुद्ध लडन प्रदेश सरकार पूर्ण रुपमा तयार छ : मुख्यमन्त्री शेरधन राई

 चैत २१, २०७६ शुक्रबार २०:२१:१० | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कोरोना भइरस (कोभिड १९) विरुद्ध लडन पूर्ण तयारी गरेको बताउनु भएको छ । 

शुक्रबारदेखि सञ्चालनमा आएको कोभिड–१९ विशेष अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार कोरोनाविरुद्ध लड्न प्रदेशका सबै क्षेत्रसँग सहकार्य गरेर अगाडि बढेको बताउनुभयो ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भइरसको संक्रमणबाट प्रदेशवाई बचाउने अभियानमा प्रदेश सरकार रहेको भन्दै मुख्यमन्त्री राईले सरकारले गर्नुपर्ने तयारीका सबै काम गरिरहेको बताउनुभयो ।

प्रदेश सरकारले विज्ञ चिकित्सकहरुको टोली गठन गरेर विभिन्न अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी, विशेष अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि चाहिने फरक फरक खालका स्वास्थ्य सुरक्षाका समाग्रीको र त्यसको आपूर्तिका लागि अध्ययन गरिरहेको बताउनुभयो ।

यस्तै क्वरेन्टीनमा रहेकाहरुको सुरक्षा र खाने बस्ने व्यवस्था सरकारले मिलाएको उहाँले जानकारी दिनुभयो ।

उहाँले अहिलेसम्म प्रदेशमा कसैलाई यसको सङ्क्रमण नदेखिए पनि प्रदेश नं १ उच्च जोखिममा रहेको बताउँदै उहाँले यसबाट बच्न उच्च सावधानी र सर्तकता अपनाउन सबै नागरिकलाई अपिल गर्नुभयो ।

प्रदेश सरकारले नेशनल ट्रेडिङको पुरानो भवनलाई कोशी अस्पताल अन्तर्गत रहने कोरोना विशेष अस्पतालका रुपमा विकास गरेको हो । १० शय्याकाे भेन्टीलेटर सहित ५० शय्याको अस्पतालमा बिरामीको चाप बढेमा ७० जनासम्म राख्न सकिने कोशी अस्पतालकी प्रमुखु डा संगिता मिश्रले बताउनुभयो ।

प्रदेश सरकार मन्त्री परिषदको चैत ९ गतेको बैठकले कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया