अमेरिकामा कोरोनाबाट तीस हजार जनाभन्दा बढीको ज्यान गयो

 बैशाख ४, २०७७ बिहिबार १६:३५:१ | रासस
unn.prixa.net

अमेरिकामा कोरोना भाइरस, कोभिड–१९ बाट तीस हजार जनाभन्दा बढीको ज्यान गएको छ ।

अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या तीस हजार ८ सय ३२ जना पुगेको हो ।

यो तथ्यांक नेपाली समयानुसार बिहीबार बिहानसम्मको हो । त्यसैगरी अमेरिकामा अहिलेसम्म यो भाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या पनि ६ लाख नाघेको छ ।

कोरोना भाइरसबाट बिहीबार बिहानसम्म सङ्क्रमित हुने ६ लाख ३७ हजार पुगेको युनिभर्सिटीको तथ्यांकमा उल्लेख गरिएको छ ।

अमेरिकामा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ । गएको २४ घन्टायता त्यहाँ २ हजार ४ सय ९४ जनाको  ज्यान गएको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएको छ । प्राप्त समाचारअुनसार अमेरिकामा सङ्क्रमित हुनेमा सबैभन्दा धेरै प्रभावित न्युयोर्कमा छन् । त्यहाँ यो भाइरसबाट सङ्क्रमित हुनेको संख्या दुई लाख १४ हजार नाघेको छ । त्यसैगरी  यो राज्यमा मात्र अहिलेसम्म १४ हजार ६४ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

गएको डिसेम्बर महिनाको अन्त्यतिरबाट चीनको उहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा १ लाख ३६ हजारभन्दा धेरै मानिसको ज्यान गईसकेको छ भने २० लाख ६३ हजारभन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन् ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया