अाज ठूलो वर्षाको सम्भावना छैन : मौसमविद्

 साउन १४, २०७५ सोमबार ८:५०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – देशैभरको मौसम बदली भैरहेको छ । मनसुन सक्रिय भइरहेकाले धेरैदिनदेखि देशका विभिन्न भूभागमा वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार आज देशका  धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

अाइतबार पश्चिमका केही ठाउँमा ठूलो वर्षा भएको थियो । मौसमविद् अर्यालका अनुसार आज ठूलो वर्षाको सम्भावना भने छैन । 

तर जमिन भिजिसकेकाले समान्य वर्षा हुँदा पनि पहिरोको खतरा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।  


 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया