नेपालगञ्जमा मंगलबारदेखि निषेधित क्षेत्र घोषणा गरिने

 बैशाख २२, २०७७ सोमबार १९:२९:१५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपालगञ्जमा मंगलबारदेखित क्षेत्र घोषणा गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले २३ गते ११ बजेदेखि २५ गते मध्यरातिसम्म निषेधित क्षेत्र घोषणाका लागि सिफारिस गरेको हो ।

रोगको सङ्क्रमण फ़ैलिन नदिन कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउन र नमुना बढी गर्न निषेधित क्षेत्र घोषणा गर्न लागिएको नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले जानकारी दिनुभयो ।

यसैगरी रानीतलाउ र बीपी चोकको तरकारी बजार बन्द गर्ने निर्णय भएको छ । नेपालगन्जमा १६ जना सङ्क्रमित भेटिएपछि प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल नेपालगन्ज पुगेर स्थलगत जानकारी लिनुभएको छ ।

जिल्लाका सासदहरुले सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाइ भेटेर परीक्षणको दायरा बढाउन तथा आवश्यक किट र उपकरणको माग गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया