गौशालामा एम्बुलेन्स र कार एक आपसमा ठक्कर खाँदा एक जना घाइते

 बैशाख २५, २०७७ बिहिबार १९:१०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मित्रपार्कबाट एयरपोर्टतर्फ आउँदै गरेको कार र विपरीत दिशाबाट आएको एम्बुलेन्स गौशालामा एक आपसमा ठक्कर खाँदा एक जना घाइते भएका छन् । 

बा १० च ८५१३ नम्बरको निजी कारलाई विपरीत दिशाबाट आएको बा ८ छ ६९२८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको हो । चालक रामबहादुर चौधरीले अत्याधिक रक्सी खाएर एम्बुलेन्स चलाएको साथै सवारी चालक अनुमति (लाइसेन्स) नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर कार चालक सविन श्रेष्ठ सामान्य घाइते भएका छन् भने दुवै गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । दुवै गाडी ट्राफिक प्रहरी वृत्त, गौशलाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया