असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आउँदो जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका काम खुला गर्ने निर्णय गरेको छ । यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योगधन्दा र कलकारखाना खोल्न पाइने भएको छ ।
लकडाउनका अवधिमा औषधि, स्वास्थ्य सामाग्रीजस्ता अतिआवश्यक वस्तुको उत्पादन तथा बिक्रीवितरण, खाद्य, कृषिजन्य, पशुजन्य उत्पादन तथा बिक्रीवितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्रीवितरण गर्न भने दिने भएको छ । साथै विकास आयोजना सञ्चालनका लागि आवश्यक पर्ने ढुङ्गा, गिटी र बालुवालगायत निर्माण सामाग्रीको ढुवानी गर्न पाइने भएको छ ।
न्यूनतम बैङ्किङ तथा वित्तीय संस्था सञ्चालन गर्न केन्द्रीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर र प्रदेशस्तरीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग आवश्यक समन्वय गरी सम्बन्धित जिल्लाको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले सङ्क्रमणको जोखिमको अवस्थाको मूल्याङ्कन गरी, स्वास्थ्य सुरक्षाको पालना गरी सामाजिक दुरी कायम गरी निम्न कार्यहरु गर्न दिने निर्णय गरेको हो । सरकारले सञ्चालन गर्न अनुमति दिएका क्षेत्रहरु –
कृषि तथा पशुपंक्षीसम्बन्धी :
- खाद्य वस्तु र बाली लगाउने, पाकेको बाली भित्र्याउने कार्य
- पशुपंक्षीपालन, माछा, कुखुरापालन र बिक्रीविरतण
- फलफुल, तरकारी उत्पादन तथा बिक्रीविरतण
- दुग्धजन्य वस्तुको उत्पादन, सङ्कलन, भण्डारण र बिक्रीवितरण
- नर्सरीबाट बिरुवा उत्पादन, घाँस तथा दाना उत्पादन र बिक्रीविरतण
- कृषि बीउबिजन उत्पादन, भण्डारण र बिक्रीवितरण
स्वास्थ्यसम्बन्धी :
- सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरु अस्पताल
- नर्सिङ होम, पोलिक्लिनिक, ल्याब, डायग्नेस्टिक सेन्टर
- सबैप्रकारका खोप, अक्सिजनको उत्पादन तथा बिक्रीवितरण
- औषधि पसल, आयुर्वेदिक र होमियोप्याथिक सञ्चालन, एग्रोभेट र भेटेनरी सञ्चालन
- जनक शिक्षासामाग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक बिक्रीवितरण गर्न अनुमति लिएका पुस्तक पसलहरु
ढुवानी सेवा :
- कृषि तथा पशुपन्छीजन्य, स्वास्थ्य सेवासँग सम्बन्धि ढुवानी साधन, भन्सारबाट जाँचपास भई आएका उद्योग मालसामान बोक्न अनुमति
- पानी, ग्यास, पेट्रोलियम पदार्थ, औधोगिक कच्चा पदार्थ र तयारी मालवस्तु, विकास आयोजनामा प्रयोग हुने उपकारण लाने र ल्याउने, कृषि सामग्री एवम् प्राङ्गारिक मल बोकेका साधन, एम्बुलेन्स सेवा, जनक शिक्षा सामाग्रीले अनुमति दिएका विद्यालयका पाठ्यपुस्तक ढुवानी गर्ने अनुमति
उपत्यका प्रवेश गर्ने मालवाहक गाडीमा यात्रु राख्न नपाइने :
सरकारले काठमाण्डौ उपत्यका प्रवेश गर्ने मालवाहक सवारीमा यात्रु राख्न नपाउने निर्णय गरेको छ । प्रवेश बिन्दुमा त्यस्ता सवारी साधन चालकको नाम, सहयोगीको नाम, जन्म मिति, काठमाण्डाै प्रवेश गरेको मिति र फर्केको तथ्याङ्क राख्ने र फर्कँदा त्यही व्यक्तिहरु भए/नभएको जाँच गर्ने, झुटा विवरण दिइ यात्रा गरेको पाइएमा काननन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।
विकास/आयोजनासम्बन्धी
राष्ट्रिय गौरवका आयोजनाहरु सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन भएका जलविद्युत्, सिँचाइ, खानेपानी, विमानस्थल, सडक र पुल, सरकारी भवन निर्माण र सबलीकरण गर्न अनुमति
यी काम गर्न एकस्थानमा अधिकतम १० जनाभन्दा नबढ्ने गरी काम गराउने, दैनिक अनिवार्य स्वास्थ्य परीक्षण गर्ने, एकै ठाउँमा बस्ने व्यवस्था मिलाउने, श्रमिकलाई कार्यस्थलमै खाना र खाजाको व्यवस्था मिलाउने निर्णय भएको छ । स्थानको अभाव भएमा सार्वजनिक, सरकारी र निजी विद्यालयको खाली भवन प्रयोग गर्न सकिने तर स्थानीयसँग सम्पर्क नहुने गरी सुरक्षित आवासको व्यवस्था मिलाउने, यससम्बन्धी सम्पूर्ण व्यवस्थाको खर्च सम्बन्धित निर्माण व्यवसायीले नै मिलाउनुपर्ने निर्णय भएको छ ।
ढुङ्गा, गिटी र बालुवा उत्पादन र वितरणसम्बन्धी :
- ढुङगा, गिट्टी र बालुवा उत्पादन, सङ्कलन र बिक्रीवितरण गर्न पाउने
- सिमेन्ट उद्योग सञ्चालन गर्न पाउने र आवश्यक सामग्री उत्पादन गर्न दिने
- नदी नियन्त्रणसँग सम्बन्धित कार्य गर्न सकिने र आवासस्थलदेखि निर्माणस्थलसम्म आवत जावत गर्न सुरक्षित तरिकाले श्रमिकलाई आवत जावत गर्ने व्यवस्था उद्योग सञ्चालकले मिलाउनुपर्ने
सार्वजनिक सेवासम्बन्धी :
- बैंक तथा वित्तीय संस्थाहरु बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अति आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने
- अतिआवश्यक पर्ने सेवा प्रदान गर्ने सरकारी तथा सार्वजनिक संस्थानले आवश्यक न्यूनतम कर्मचारीबाट आलोपालो प्रणालीबाट सुरक्षित रुपमा सेवा सञ्चालन गर्ने
औद्यौगिक उत्पादनसम्बन्धी
- औद्योगिक उत्पादनमा लकडाउनको अवधिभर श्रमिकलाई छुट्टै स्थानमा राख्ने, सम्बन्धित पालिकासँग समन्वय गरी सरकारी भवनमा बस्ने व्यवस्था गनुपर्ने
- सुरक्षित आवास र खानाको व्यवस्था गर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, कार्यस्थललाई अनिवार्य स्यानिटाइज गर्नुपर्ने
- चामल, दात, पाउरोटी, पिठोलगायतका खाद्य सामग्री र सिमेन्ट उद्योग सञ्चालन गर्ने
- साना तथा घरेलु उद्योग, निर्माणजन्य उद्योग, विशेष आर्थिक क्षेत्रमा सञ्चालित विकाससम्बन्धी, सिमेन्ट उद्योग खोल्ने दिने, बढीमा पाँच जना मानिस कामदार रहने गरी सवारी साधन मर्मत गर्ने वर्कशप, इन्टरनेट सेवा र इलेक्ट्रोनिक सेवा सञ्चालन
राजमार्गका होटल र रेस्टुरेन्ट खोल्न दिने
सरकारले ढुवानी साधनका चालक तथा अति आवश्यकीय काममा हिँड्ने व्यक्तिलाई खानका लागि राजमार्गमा होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । त्यसका लागि स्थानीय प्रशासनले राजमार्ग र सहायक राजमार्गमा कम्तीमा ५० किलाेमिटरकाे दुरीमा पालिकाले तोकेको स्थानमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत गरेको मापदण्ड अवलम्बन गर्नुपर्नेछ । तोकिए बमोजिम सवारी चालकले सवारी साधन मर्मत गर्ने वर्कशप, पेट्रोल पम्पमा रोक्न र होटलबाट खानाको प्याकेट लिन सक्ने गरी निर्धारित समय र स्थानमा रोक्न पाउने निर्णय भएको छ ।
देशभरका स्थानीय प्रशासनले आवागमन सहजीकरण गर्ने व्यवस्था मिलाउने, सामाजिक दुरी कायम गर्ने, एक स्थानमा पाँच जनाभन्दा बढी रहेर काम नगर्ने निर्णय भएको छ । बैठकले प्रतिनिधिसभा, राष्ट्रिय सभा र संसदीय समितिका बैठकहरु स्वास्थ्यको मापदण्डहरु पूरा गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
पूर्णरुपमा बन्द रहने स्थलहरु
- विश्वविद्यालय, क्याम्पसलगायत सबै शैक्षिक संस्था,
- तालिम तथा प्रशिक्षण केन्द्र,
- गैरखाद्यवस्तु बिक्रीवितरण गर्ने व्यावसायिक मलहरु
- होटल, बार, रेस्टुरेन्ट, स्टोर, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, सार्वजनिक भेला, रङ्गशाला, जिम सेन्टर, ब्युटी पार्लर
- आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक यात्रुवाहक हवाई उडान
- केवलकार र रेलसेवा ।
सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन छिमेकी मित्र राष्ट्रहरु र अन्य राष्ट्रहरुले चालेको कदमको अनुभवबाट सिक्दै सबैलाई सुरक्षित राख्न अन्तर्राष्ट्रिय नाका, खुल्ला सिमाना र अन्तर्राष्ट्रिय उडान जेठ १८ गते आइतबार मध्यरातिसम्म यात्रुको आवागमन स्थगित गर्ने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सरोज कुमार साह
May 10, 2020, 10:53 a.m.सर नमस्कार, मेरो घर जनकपुर रहेको ले र मेरो होटल बि पी राजमार्ग को मुलकोट मा रहेको उल्लेख छ। मलाई त्यहाँ सम्म पुग्न व्यवस्था मिलाइदिनु हुन अनुरोध गर्दछु। धन्यवाद
Shankar Nepali Basyal
May 8, 2020, 11:40 p.m.Yes, The Government of Nepal has been doing their best of the best level in terms of saving the people of Nepal from Corona virus. But the thing is; there is no such a direction yet from the Government to the shutter and house owner at least what are the packages from the Government side. So there won't be any confusion to the land lord and tenants.
Dhiraj yadav
May 8, 2020, 8:39 p.m.to whom i have to concern? while i will have been disturbed during carry the activity permitted by the government. thank you.
Saroj Sah
May 8, 2020, 4:18 p.m.Mobile Parts
Gyanendra yadav
May 8, 2020, 10:20 a.m.सरकारले गरेको निर्णयमा अलिकता सहमत छु / तर के हाम्रो देश नेपालमा धेरै कोरोना संक्रमित छन् तैपनि ढिला चेक हुँदैछ / मेरो विचारमा सबै नगरपालिका र गाउँपालिकामा चेक गर्नलाई हेल्प डेस्क राख्नुपर्छ ताकि छिटो छिटो चेक हुन्छ, धन्यवाद !!