थप ६ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या २७३ पुग्यो

 जेठ ३, २०७७ शनिबार १०:२६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा थप ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

बर्दिया नार्खु-११ की २८ वर्षकी महिला, सिराहा सखुवा-१९ का ३० वर्षका पुरुष, वीरगन्ज नगरपालिका-१२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगर-४ का १८ वर्षकी युवती र चितवन गढौली-१ की २५ वर्षकी युवतीमा आज कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरु सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीकै निगरानीमा रहेका पनि मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २७३ पुगेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • राजेन्द्र

    May 16, 2020, 11:14 a.m.

    बर्दियामा नार्खु भन्ने ठाउँ कहाँ छ र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया