अर्का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित २७६ पुगे

 जेठ ३, २०७७ शनिबार ११:५६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा शनिबार फेरि थप ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ  ।

यसअघि आजै बिहान ६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २७६ पुगेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया