मन्त्रिपरिषद् बैठक आज, लकाउनका बारेमा निर्णय हुनसक्ने

 जेठ ४, २०७७ आइतबार ९:३६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - लकडाउनका बारेमा थप छलफल र निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज बस्दैछ ।

पछिल्लोपटक थपिएको लकडाउनको समय सोमबार रातिदेखि सकिने भएकाले अब कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक बेलुकी ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

त्यसअघि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक पनि बस्दैछ ।

सिंहदरबारमा बस्ने समितिको बैठकले लकडाउनका बारेमा सरकारलाई सिफारिस गर्नेछ । जनस्वास्थ्य क्षेत्रका विज्ञसँगको छलफल समेतका आधारमा सरकारलाई सिफारिस गर्ने समितिको तयारी छ । समितिको सिफारिसमाथि मन्त्रीपरिषदमा थप छलफल गरी निर्णय गरिने सरकारले जनाएको छ ।

समितिमा कोरोनाको प्रभाव कम देखिएका क्षेत्रमा लकडाउन खुकुलो र प्रभाव धेरै देखिएको ठाउँमा अझ कडा बनाउने विकल्पमा छलफल भएपनि कोरोनाबाट ज्यानै गएको तथा सङ्क्रमित पनि बढिरहेकाले लकडाउन लम्बिने सम्भावना छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया