विश्वमा साढे १८ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको

अमेरिकामा मात्रै ३ लाख ४६ हजार निको भएर घर फर्किए

 जेठ ५, २०७७ सोमबार ७:२४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित  मध्ये साढे १८ लाख भन्दा धेरै निको भएका छन् ।

अहिलेसम्म १८ लाख ५५ हजार भन्दा धेरै जना उपचार पछि निको भएका हुन् । ४७ लाख ९८ हजार भन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । अहलेसम्म सङ्क्रमित ३ लाख १६ हजार ५ सय १४ जनाको भने ज्यान गएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित देश अमेरिकामा ३ लाख ४६ हजार भन्दा धेरै निको भएका छन् भने त्यहाँ १५ लाख २७ हजार भन्दा धेरैमा सङ्क्रमण देखिएको छ। अमेरिकामा कोरोनाका कारण झण्डै ९१ हजार जनाको ज्यान गएको छ ।

यस्तै रुसमा ६७ हजार ३ सय ७३ जनाको निको भएका छन् भने २ लाख ८१ हजार ७ सय ५२ जना सङ्क्रमित भएका छन् भने ६७ हजार ३ सय ७३ जना निको भएका छन् । रुसमा २ हजार ६ सय ३१ जनाको ज्यान गएको छ ।

यस्तै सबैभन्दा धेरै सङ्क्रमित देशको तेस्रो नम्बरमा रहेको स्पेनमा दुई लाख ७७ हजार भन्दा धेरै सङ्क्रमित छन् भने २७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । त्यहाँ १९ हजार भन्दा धेरै उपचार पछि घर फर्किएका छन् ।

यस्तै बेलायतमा २ लाख ४३ हजार ६ सय ९५ जनामा सङ्क्रमण भएको छ भने ३४ हजार ६ सय ३६ जनाको ज्यान गएको छ । यस्तै कोरोनाको इपिसेन्टर बन्दै  गएको ब्राजिलमा २ लाख ४१ हजार भन्दा धेरै सङ्क्रमित छन् भने १६ हजार जनाको ज्यान गएको छ । त्यहाँ ९४ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

1 Comments

  • राजकुमार न्यौपाने

    May 18, 2020, 11:08 a.m.

    म अमेरिका नै बसिराखेको छु । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १५,१९,३८९ रहेको छ भने निको भएकाहरु २,७१,०५५ रहेको छ त्यसैगरी मृत्युको संख्या ९०,००४ रहेको छ । यो समाचार संग कुनैपनि डाटा मेल खादैन हैन पत्रकार महोदय /

  •  0 Reply

तपाईको प्रतिक्रिया