सिल गरिएको छाँया पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि पठाइयो

 जेठ ६, २०७७ मंगलबार ८:५६:१२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - कोराेना सङ्क्रमितले उपचार गराएको खुलेपछि सिल गरिएको अर्घाखाँचीको छायाँ पोलिक्लिनिकका १० जना सुरक्षाकर्मीको स्वाब परीक्षणका लागि पठाइएको छ । 

कोरोना सङ्क्रमण पुष्टि भएका गुल्मीका व्यक्तिले  सन्धिखर्क १ मा रहेको छायाँ पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि पोलिक्लिनिक सिल गरी उपचार तथा ल्याब र फार्मेसीमा संलग्न १० जनाको स्वाब परीक्षणका लागि प्रदेश जन स्वास्थ्य कार्यालय भैरहवा पठाइएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनु भयो । 

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी वैशाख ३१ गते दिउँसो ३ बजेतिर ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि छायाँ पोलिक्लिनिकमा उपचार गराएकाे र त्यहाँ उपचार सम्भव नभएपछि  बुटबलको क्रिमसन अस्पतालमा गएर भर्ना भएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताउनु भयो । 

भर्ना भएको दिनदेखि नै उनकाे आईसीयूमा भेन्टिलेटरमा उपचार भइरहको छ । 

४१ वर्षीय उनी सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय कहीँ गएको नभए पनि लक्षण हेर्दा कोरोनासँग मिल्दो पाइएपछि अस्पतालबाटै स्वाब संकलन गरिएको थियो । 

पोलिक्लिनक सिल गरेर त्यहाँ रहेका डाक्टर, स्वास्थ्य कर्मीको स्वाब परिषणको रिपोर्टका आधारमा त्यस क्लिनिकमा उपचारका लागि आएका सबै वबरामीहरु र  उनीहरुसँग सम्पर्कमा आएका सबैलाई समेत खोजेर कोरोना चेकअप गरिने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया