आज देशका धेरैजसो ठाउँमा मेघगर्जनसहित वर्षा हुने

 जेठ ७, २०७७ बुधबार ७:२६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशका धेरैजसो ठाउँमा मेघगर्जन सहित वर्षा हुने मौसमविद्ले बताएका छन् ।

अंपुन चक्रवातको प्रभावका कारण पूर्वी र मध्य क्षेत्रका सबैजसो ठाउँ र पश्चिमका केही ठाउँमा मेघगर्जन, चट्याङ तथा वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

आज दिउँसोपख चक्रवातले नेपाली जमिन छुने र त्यसपछि मेघगर्जन, वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने उहाँले बताउनुभयो । आज बेलुकीपख चक्रवातको प्रभाव बढि पर्ने र रातिबाट प्रभाव कम हुँदै भोलि बिहीबार दिउँसोबाट मौसममा सुधार आउन थाल्ने मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।

चक्रवातको प्रभाव ३/४ दिन रहने भएकोले अबका केही दिन मौसम केहीबेर खुले पनि बादल तथा सामान्य वर्षा पनि हुने महाशाखाले जनाएको छ । अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले मेघगर्जन, चट्याङ र हावाहुरी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वर्षाका कारण खोलानालाहरुमा पानीको मात्रा बढेर बाढीसमेत आउन सक्ने भएकोले त्यसबारेमा पनि सचेत हुन भनिएको मौसमविद् कँडेलले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया