एक हप्तामा भारतबाट अर्घाखाँचीमा ३ सय १ जना भित्रिए : सबै क्वरेण्टीनमा

 जेठ ९, २०७७ शुक्रबार १८:८:३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँची जिल्लामा पछिल्लो १ हप्तामा भारतबाट आएका तीन सय एक जनालाई क्वरेण्टीनमा राखिएको छ । 

भारतमा गएकाहरु एक हप्तामा मात्र तीन सय एक जना जिल्ला भित्रिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनु भयो । भारतबाट मानिसहरु दैनिक आइरहेको र  सबैलाई स्थानीय सरकारले क्वरेण्टीनमा राखेको उहाँको भनाइ छ ।

जिल्लाका ६ स्थानीय सरकारले बनाएका क्वरेण्टीनमा तीन सय ६३ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताउनु भयो । 
भारतबाट आएका तथा अन्य स्थानबाट आएका सबैलाई सम्बन्धित पालिकाले बनाएको क्वरेण्टीनमा राखिएकोे छ । 


 

 

अन्तिम अपडेट: चैत ११, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया