साेती घटना : अर्का एक युवकको शव फेला

 जेठ १२, २०७७ सोमबार ७:२२:४८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम : चौरजहारी नगरपालिका-८ सोेतीमा शनिबार बेलुका भएको घटना बेपत्ता भएका अर्का युवाको शव भेटिएको छ ।

बेपत्ता भएका ५ जनामध्ये एक जनाको शव आइतबार घटनास्थलबाट २५ किलोमिटर तल भेरी नगरपालिका-१२ मा रहेकाे भेरी नदीको किनारमा फेला परेको प्रहरीले जनाएको छ । चौरजहारी नगरपालिका-१ का २० वर्षका टिकाराम विकको शव भेटिएको र पोस्टमार्टमको लागि जिल्ला अस्पताल जाजरकोट लगिएको मृतकका आफन्तले जनाएका छन् ।

शनिबार राति नै जाजरकोटऽ भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको शव भेरी नदीमै फेला परेको थियो । चौरजहारी नगरपालिका वडा नम्बर-८ऽ सोतीकी एक युवतीलाई भगाएर बिहे गर्ने योजनाका साथ साथीहरु लिएर गएका नवराजलाई युवतीका आफन्तले कुटेर हत्या गरेको मृतकका आफन्तजनले बताएका छन् ।

इलाका प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ का गणेश विक, भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विकको अवस्था अहिलेसम्म अज्ञात रहेको र खोजी कार्य तीव्र पारिएको छ ।

जाजरकोटबाट गएका भनिएका १९ जनामध्ये १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बेपत्ता भनिएका एकजना घरमै रहेको बताइएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष सहित ४ जनालाई पक्राउ गरेको छ ।

घटनापछि युवतीका आफन्तले भेरी मृतकहरुको भेरी नदीमा खसेर ज्यान गएकाे बताएका छन् भने युवकका आफन्तले हत्या गरेर भेरी नदीमा फालेको आराेप लगाएका छन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया