निशान छापमा नयाँ नक्सा राख्न संविधान संशोधनको प्रस्ताव दर्ता हुँदै

 जेठ १४, २०७७ बुधबार ७:७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संविधानको अनुसूचीमा रहेको निशान छापमा नयाँ नक्सा समावेश गर्नको लागि आज संविधान संशोधनको प्रस्ताव संसदमा पेश हुँदैछ ।

आज दिउँसो २ बजे बस्ने बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सरकारले भारतले मिचेको  लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका क्षेत्र नेपालको भूमि भएको भन्दै नयाँ नक्सा जारी गरेर प्रचलनमा ल्याइएको छ । यसलाई संविधानको अनुसूची ३ मा रहेको निशान छापमा राख्न संविधान संशोधन हुन लागेको हो ।

संविधान संशोधनलाई सर्वसम्मतिले पारित गराउन मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक पनि बोलाउनुभएको थियो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएको ऐतिहासिक तथ्यहरुसमेत संकलन भइसकेको जनाएको छ । तर भारतले पनि यो भूमि आफ्नै भएको दावी गर्दै सडक निर्माण गरिसकेको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया