अछाममा थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित ११ पुगे

 जेठ २०, २०७७ मंगलबार ११:५३:१७ | चन्द्र थापा
unn.prixa.net

अछाम - अछाम जिल्लाका थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुर्खेत प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा ९ जनालाई कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनु भयो ।

मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुष्कोटको क्वरेन्टीनमा बसिरहेका मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोटका ३०, २२, २९,४०, ३५, २७ र २४ वर्षका पुरुष र २७ वर्षीया महिला तथा मंगलसेन नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय युवामा कोरोना सङ्क्रमण पुुष्टि पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनु भयो ।

योसँगै अछाममा जम्मा सङ्क्रमितको संख्या ११ पुगेको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया