विश्वबैंकद्धारा नेपालकाे लागि १ सय मिलियन डलर ऋण स्वीकृत

 जेठ २१, २०७७ बुधबार १२:१५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वबैंकले नेपालको लागि १ सय मिलियन अमेरिकी डलर अर्थात झण्डै १२ अर्ब रुपैयाँ  ऋण स्वीकृत गरेको छ ।

डेभलपमेन्ट इन्भेष्टमेन्ट क्रेडिट योजना अन्तरगत नेपालले यो ऋण पाएको हो । नेपालको विद्युत विकास र कोरोना भाइरसविरुद्धको क्रियाकलापको लागि विश्वबैंकले ऋण रकम स्वीकृत गरेको जनाएको छ ।

यो ऋण सहायताबाट नेपालको विद्युत सेवा भरपर्दो र सुरक्षित बनाउने तथा क्षेत्रीय व्यापारमा सहयोग पुग्ने विश्व बैंकको दावी छ । यस्तै स्थानीय सरकारलाई भरपर्दो बिजुली वितरणको लागि सक्षम बनाउने कार्यक्रम पनि सञ्चालन हुनेछ ।

संकटको बेलामा पनि नेपालको बिजुली प्रवाहको अवस्था सुधार हुँदै गएको र यसलाई थप भरपर्दो र दीगो बनाउनको लागि विश्वबैंकले ऋण लगानी गरेको विश्वबैंकका नेपाल देशीय निर्देशक फारिस हजाड जार्भोसले बताउनुभएको ।

नेपालको ८८ प्रतिशत जनसंख्यामा बिजुली पुगेको र बिजुलीको उत्पादन बढ्दै गएकाले क्षेत्रीय व्यापारका लागि अन्तरदेशीय प्रशारणलाइन बनाउन जरुरी रहेको पनि विश्वबैंकले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया