सोती घटना : थप सात जना पक्राउ

 जेठ २३, २०७७ शुक्रबार ७:३९:१९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, सोती घटनामा संलग्न भएको आरोपमा बिहीबार थप सात पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले गएको जेठ १० गते ६ जनाको हत्यामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार बिहीबार अनुसन्धानको क्रममा थप सात जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरुको नाम ,ठेगाना खुलाइएको छैन ।

यसअघि वडा नम्बर-८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरेर हिरासतमा राखिएको छ । पीडित परिवारले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकामा १८ जनालाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने दुई जना अझै फरार छन् ।a

प्रहरीले अनुसन्धान फरार भएकाहरुको खोजी कार्यलाई व्यापक बनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया