यातायात व्यवस्था कार्यालयमा काम सुरु

 असार २, २०७७ मंगलबार १७:८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वाग्मती प्रदेश अन्तर्गतका सबै यातायात कार्यालयहरुले काम गर्न थालेका छन् । सबै कार्यालयबाट सवारी कर सेवा खुला गरिएको हो ।

यातायात व्यवस्थापन कार्यालय एकान्तकुनामा गाडीको लाइसेन्स तथा बिलबुक नवीकरण, राजस्व सङ्कलन र बनिसकेका लाइसेन्स वितरणको काम भइरहेको कार्यालयका सूचना अधिकारी विष्णु भट्टराईले जानकारी दिनुभयो ।

उहाँले अहिले सबै कर्मचारीहरु काममा आउन नसकेको कारण सबै सेवा सञ्चालन सुरु गर्न नसकिएको बताउनुभयो । यस्तै यातायात व्यवस्थापन कार्यालय गुर्जुधाराले मोटरसाइकलको लागि सेवा दिन थालेको छ ।

यातायात व्यवस्था विभागले गर्ने नयाँ लाइसेन्सको परीक्षा र ट्रायलको काम भने अहिले नै गर्न सक्ने अवस्था नभएकाे जनाएको छ ।

सरकारले असार १ गतेबाट देशभरका सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेसँगै वाग्मती प्रदेश अन्तर्गतका सबै यातायात कार्यालयहरु सञ्चालनमा आएका हुन् । 

कार्यालय सञ्चालनमा आए पनि सामाजिक दुरी कायम गरेर, स्वास्थ्यसम्बन्धी निर्देशनकाे पालना गरेर काम गर्न सरकारले निर्देशन दिएकाे छ ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया