देशभर सिप्रदीको गाडी सर्भिसिङ र मर्मत सेवा

 असार ५, २०७७ शुक्रबार १७:३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ- लकडाउन खुकुलो भएसँगै सिप्रदी ट्रेडिङ प्रालिले देशभर टाटा कमर्शियल गाडी सर्भिसिङ र मर्मत सेवा सुरु गरेको छ ।

लकडाउन अवधिको लागि  नेपालभर सिप्रदीले २३ वाट आफ्नै सर्भिस सेन्टर, १० वटा आधिकारिक  सर्भिस  सेन्टर, १६ वाट सर्टिफाइड ग्यारेजबाट उच्च सुरक्षा विधि अपनाएर गाडी सर्भिस तथा मर्मत सेवा दिइरहेको हो ।

यस्तै ब्रेक डाउन असिस्टेन्सको लागि २० वटा मोवाइल भ्यान तथा ६९ वटा आकस्मिक मर्मत सेवा केन्द्रबाट सेवा दिइरहेको  कम्पनीले जनाएको छ ।

कम्पनीले वर्कशपमा भिडभाड  कम गरी समाजिक दूरी कायम राख्नका निम्ति २४ घण्टा उपलब्ध हुने टोल फ्रि फोन सेवा, सिप्रदी मोवाइल एप्स्, सामाजिक संजालमार्फत प्रि सर्भिस बुकिङ्गको ब्यवस्था गरेको छ। 

यसैगरी वर्कशपमा एउटा गाडीमा एक जना मात्र आउनका लागि पनि सिप्रदीले आफ्ना ग्राहकलाई अनुरोध गरेको छ भने ग्राहकको आवश्यकता अनुसार गाडीको पूर्ण स्वस्थ्य जाँचको पनि सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ । 

साथै सेड्यूल सर्भिसिङ वा अन्य सेवाको लागि नजिकको सिप्रदी वर्कशपमा वा टोल फ्री नम्बर १६६००१५५७७७ (NTC) वा ९८०१५७५७७७ (NCELL) मा  सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

यसबारे विस्तृत जानकारी ( https://www.sipradi.com.np/blog/detail/post-lockdown-cv) मा हेर्न सकिन्छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया