इम्बोस्ड नम्बर प्लेट साउनदेखि, कति लाग्छ खर्च ?

 असार २२, २०७७ सोमबार १९:१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – यातायात व्यवस्था विभागले साउन १ गतेबाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लगाउन सुरु गर्ने भएको छ । विभागले एक सूचना जारी गर्दै इम्बोस्ड नम्बर प्लेट लगाउन सुरु गर्ने जानकारी दिएको हो ।

गएको मङ्सिरमा सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजी अक्षरमा नै राख्न सक्ने फैसला गरेपछि दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट लगाउनकाे लागि बाटो खुलेको हो । विभागकाअनुसार इम्बोस्ड नम्बर प्लेट लिन सवारी साधनको राजस्व अनिर्वायरुपमा तिरेको हुनुपर्नेछ ।

विभागले पहिलो चरणमा वाग्मती प्रदेशमा रहेको यातायात व्यवस्था कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्ने छ । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि अनलाइनबाटै आवेदन दिन सकिने विभागले जनाएको छ ।  

इम्बोस्ड नम्बर प्लेटकाे लागि मोटरसाइकल तथा स्कुटरलाई दुई हजार पाँच सय रुपैयाँ, तीन पाङ्ग्रे सवारी साधनको लागि दुई हजार नाै सय रुपैयाँ ताेकिएकाे छ । त्यस्तै साना मझौला जीप, कार र भ्यानको लागि तीन हजार दुई सय रुपैयाँ र त्यसभन्दा माथिका गाडीमा तीन हजार ६ सय रुपैयाँ लाग्ने विभागको सूचनामा उल्लेख छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Tera bau

    Aug. 1, 2020, 11:52 a.m.

    खुब गर्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया