समुदायमा कोरोना फैलिएको आशंकामा रोल्पाका केही गाउँ सिल

 साउन ४, २०७७ आइतबार ८:१६:२५ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पा नगरपालिकाका केही गाउँ सिल गरिएका छन् ।

दुई हप्ताअघि साउदीबाट गाउँ पुगेका रोल्पा नगरपालिका–४ गुरुङगाउँका २५ वर्षीय एक पुरुष कोरोनाको रिपोर्ट नआउँदै क्वरेण्टीनबाट निस्केर गाउँ पुगेपछि समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ । उनको रिपोर्ट पोजेटिभ आएपछि रोल्पा नपा–४ गुरुङगाउँसहित १० नम्बर वडाका तीन वटा गाउँलाई आइतबार दिउँसो १२ बजेदेखि सिल गरिएको हो ।

ती व्यक्ति गुरुङगाउँमा रहेको सामुदायिक भवनको क्वरेण्टीनमा बसेका थिए । उनीसँगै वडा नम्बर १० का १२ जनामा शनिबार कोरोना पुष्टि भएपछि आइतबार जिल्ला कोरोना संकट व्यवस्थापन समितिले ती गाउँ सिल गरेको हो । विदेशबाट आउँदा उता गरिएको पीसीआर रिपोर्ट देखाएर गाउँभरी डुलेका ती पुरुषमा कोरोना पुष्टि भएपछि उनको कण्ट्रयाक ट्रेसिङका लागि गाउँ नै सिल गर्नु परेको हो ।

यस्तै सोमबार बेलुका ६ बजेदेखि सदरमुकाम लिबाङ बजारलाई पनि पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय सरकार र प्रशासनको लापरबाहीले यो अवस्था आएको सरोकारवालाहरुको भनाइ छ ।

‘क्वरेण्टीनमा राखिएको व्यक्ति रिपोर्ट नआउँदै निस्कन दिनु हुँदैनथ्यो’ स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीले भन्नुभयो ‘यसअघि पनि बाँकेको नरैनापुर लगायतका विभिन्न जिल्लामा आएको परिस्थितिलाई हेरेर सचेतता अपनाउनुपर्ने हो, यसमा स्थानीय सरकारको लापरबाही देखियो ।’

अब सिल गरेर मात्र नहुने र ती व्यक्तिको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरी तत्काल पीसीआर गर्नुपर्ने स्वास्थ्य प्रमुख केसीको भनाइ छ ।

यस्तै शनिबार नै १२ जनामा कोरोना देखिएको रोल्पा नपा–१०, धबाङमा भने त्यति धेरै समस्या नदेखिएको भए पनि थप सतर्कताका लागि गाउँ सिल गरिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया