मौसममा बदली : पूर्वमा मनसुन निष्क्रिय, पश्चिममा ठूलो वर्षा

 साउन २०, २०७५ आइतबार ११:१८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – आइतबार दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरै ठाउँमा भोलिसम्मै लगातार पानी पर्ने अनुमान महाशाखाको छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३२ मिलिमिटर पानी परेको छ ।

अहिले उपत्यकासहित मध्य र पश्चिमका धेरै ठाउँमा पानी परिरहेको छ । पूर्वी क्षेत्रमा भने मनसुनी वायू सक्रिय नभएकाले पानी कम परेको छ । आइतबार राति पनि पश्चिमका केही ठाउँमा ठूलो पानप् पर्ने मौसमविदको अनुमान छ ।

पर्सिदेखि लगातार पानी पर्ने सम्भावना नभएको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया