जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – धिताेपत्र बजारमा शेयर काराेबार मापक नेप्से साेमबार २ दशमलव ६२ अङ्कले घटेको छ । आइतबार २२ दशमलव ४ अङ्कले बढेको परिसूचक साेमबार भने साढे २ अङ्कभन्दा धेरैले घटेर १४ सय ६२ दशमलव ४८ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
साेमबार कारोबार रकम पनि घटेको छ । आइतबार एक अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा साेमबार एक अर्ब ८१ करोड रुपैयाँ बराबरका ४२ लाख ५७ हजार कित्ता शेयर किनबेच भएका छन् ।
साेमबार विकास बैंक, उत्पादनमूलक, अन्य र माइक्रोफाइनान्स समूहको उपसूचक बढेको छ भने बैंकिङ, होटल, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमालगायत समूहको उपसूचक घटेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै १७ करोड ४४ लाख १९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
साेमाबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका सेयर लगानीकर्ताले झण्डै १० प्रतिशत गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।