मोरङको बुढीगंगामा लागुऔषध कारोबारीद्वारा प्रहरीमाथि आक्रमण

 साउन १६, २०७७ शुक्रबार ११:४१:४१ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - मोरङको बुढीगंगामा प्रहरी र लागुऔषध कारोबारीबीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन् । 

लागुऔषधको कारोबार भइरहेको सूचना पाए लगत्तै गएको प्रहरी टोलीमाथि अचानक आक्रमण भएको प्रहरीले जनाएको छ ।

प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले प्रतिरक्षाका क्रममा गोलीसमेत चलाएको थियो ।

घटनास्थलबाट सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । कोरेक्स र गाँजा बिक्री वितरण भएको सूचना पाएर गएको प्रहरी टोलीलाई लक्षित गरी उनीहरुले आक्रमण गर्न थालेपछि प्रहरीले दुई राउण्ड गोली चलाएको थियो । 

घटना भएको ठाउँ बुढीगंंगा गाउँपालिका वडा नम्बर १ आरती स्ट्रिप्स पछाडिपट्टि गरैया बस्तीमा हो । झडपमा तीन जना प्रहरी कर्मचारी घाइते भएको र एकको अवस्था गम्भीर रहेको एसपी खड्काले जानकारी दिनुभयो । गम्भीर घाइतेको विराटनगरकाे नाेबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया