प्रदेश १ : ९० वर्षीया वृद्धा काेराेना सङ्क्रमणमुक्त

 साउन २१, २०७७ बुधबार १९:४:३६ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – प्रदेश १ मा कोरोना सङ्क्रमित ९० वर्षीया वृद्धा कोरोना सङ्क्रमणमुक्त हुनु भएकाे छ । विराटनगरमा रहेको कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा उपचार गराइ रहनुभएकी ९० वर्षीया वृद्धा सङ्क्रमणमुक्त हुनु भएकाे सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।

विराटनगर ५ की वृद्धा गएकाे साउन १० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना हुनु भएकाे थियाे । बुधबार प्रदेश १ बाट उहाँसहित ५७ जना डिस्चार्ज भएका हुन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेशन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरबाट डिस्चार्ज भएकाहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासलगायतले बिदाइ गर्नुभएको थियो । 

बुधबार डिस्चार्ज हुनेमा मोरङ्गका २६, झापाका १६, सुनसरी र इलामका ६/६, धनकुटा, उदयपुर र तेह्रथुमका १/१ जना रहेका छन् ।  प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या आठ सय ८७ पुगेको छ ।  

प्रदेश १ मा बुधबार एकैदिन १८ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । अब प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ८९ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया