२०२१ मा भारतमा हुने टी ट्वान्टी विश्वकपको मिति नसर्ने

 साउन २४, २०७७ शनिबार ७:४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भारतमा २०२१ मा हुने भनिएको विश्वकप तोकिएकै मितिमा हुने जनाएको छ । 

कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता सर्ने आँकलन गरिएका बेला आईसीसीले तोकिएकै मितिमा गर्ने घोषणा गरेको हो । 

आईसीसीबाट अनुमति पाएसँगै भारतमा हुने विश्वकप सन् २०२१ को अक्टोबरदेखि नोभेम्बरसम्म हुनेछ । फाइनल नोभेम्बर १४ मा हुने बीबीसीले जनाएको छ । 

तर, अष्ट्रेलियामा २०२१ मै हुने भनिएको टी ट्वान्टी विश्वकप भने २०२२ सम्मका लागि स्थगित गरेको आईसीसीले जनाएको छ । 

त्यस्तै न्युजिल्यान्डमा आउँदो वर्ष आयोजना गर्ने भनिएको महिलाको एकदिवसीय विश्वकप क्रिकेट भने एक वर्ष सारिएको छ । अब महिलाको विश्वकप २०२२ मा हुनेछ । 

यसअघि महिला विश्वकप सन् २०२१ को फेब्रुअरी ६ देखि मार्च ७ सम्म आयोजना हुने भनिएको थियो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया