जग्गा विवादमा ६४ वर्षीया महिलाको हत्या भएको खुलासा

 साउन २२, २०७५ मंगलबार १४:२५:५७ | प्रेमनारायण आचार्य

अर्घाखाँची – छत्रदेव गाँउपालिकामा एक वर्ष अघि घरमा मृत फेला परेकी एक वृद्धाको हत्या भएको खुलेको छ । 

२०७४ साल असोज ३ गतेका दिन  छत्रदेव गाउँपालिका वडा नम्बर ७ की ६४वर्षीया वृद्धा श्यामकला पाण्डे घरभित्र रक्ताम्मे अवस्थामा मृत फेला परेकी थिइन् । हत्यामा अभियुक्त एक महिलालाई  पक्राउ गरी म्याद थप समेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर घमले बताउनुभयो ।  

उनलाई छिमेकी  ५५ वर्षीया पाण्डेले दाउराले हानेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।  मल्लले भन्नुभयो, ‘घटना भएको  केहस् समय अघि ती वृद्धाको घरबाट बग्ने कुलेसो तल अभियुक्त महिलाको घरबाट बग्ने र त्यस विषयमा झगडा भएको हत्याको पहिलो कारण देखिन्छ । त्यस भन्दाअघि ती वृद्धाले उमा पाण्डेका श्रीमान शोभाखर पाण्डेलाई जग्गाको बैना लिएर पछि अर्कैलाई उक्त जग्गा बेचेको रिस पनि देखिन्छ ।’ मल्लले अदालतमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको बताउनुभयो । 

हत्याको दिन ती वृद्धा लडेको स्थानमा रगत जमेर पोखरी नै भएको थियो । उनले छोडाउँदै गरेका मकै समेत रगतमा डुबेका थिए । अघिल्लो दिन छोराहरु घरमा आएर बाबुको श्राद्ध गरेर त्यसै दिन बिहान बुटवल फर्केका थिए । उनी घरमा एक्लै बस्दै आएकी थिइन् ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया