चितवनमा निषेधाज्ञा एक हप्ता लम्बियाे

 भदौ ५, २०७७ शुक्रबार १८:२९:४० | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनमा गएको साउन ३२ गतेदेखि लगाइएको निषेधाज्ञा भदौ १२ गतेसम्मका लागि थपिएको छ । 

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी भदौ १२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

सात वटा पालिका रहेको चितवनमा यसअघि माडी नगरपालिका बाहेक ६ वटा पालिकामा निषेधाज्ञा लगाइएकोमा यस पटक सातै पालिकामा निषेधाज्ञा लागू हुने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभएकोे छ ।

सुरक्षा समितिको बैठकले अत्यावश्यक सामान किन्न साँझ र बिहानको समयमा खुला गरिएको बेला सवारी साधनको प्रयोग बढेको, लामो दुरीको यात्रा गर्ने क्रम बढेको र पैदल घुमफिर गर्ने क्रम बढ्दै गएको पाइएकोले त्यसलाई थप कडाइ गर्ने निर्णय गरेको छ । 

चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय नाघेको छ । चितवनमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म चार जनाको ज्यान गएको छ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया