बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने युवक पक्राउ

 भदौ ७, २०७७ आइतबार ११:९:५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीको सम्सी गाउँपालिका-७ जावद टोलमा बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

गएराति जिल्ला प्रहरी कार्यालय महोत्तरीले सम्सी गाउँपालिका-७ का २४ वर्षका कृष्ण यादवलाई महिलालाई कुटपिट गरेको आरोपमा पक्राउ गरेको हो । 

घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषी पाइए कानुनअनुसार कारबाही हुने महोत्तरीका प्रहरी उपरीक्षक टिका केसीले बताउनुभयो । 

शुक्रबार राति कुटपिटबाट घाइते महिलाको जनकपुरमा उपचार भइरहेको छ । प्रहरीले घटनापछि कृष्णलाई पक्राउ गरेको थियो । पछि प्रहरीले उनलाई छोडेको थियो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया