विराटनगर र धरानमा कोरोना सङ्क्रमित दुई जनाको ज्यान गयो

 भदौ ८, २०७७ सोमबार १०:१५:२६ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - विराटनगरमा थप एकजना कोरोना सङ्क्रमितको ज्यान गएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ हरिहर चोकका एक ६५ वर्षीय पुरुषको ज्यान गएको हो ।  

हिजो दिउँसोसम्म कुनै लक्षण तथा कुनै समस्या नभएको उहाँलाई बेलुका ६ बजे विराटनगरमा रहेको कोभिड १९ उचार केन्द्रमा लगिएको थियो ।

केन्द्रमा नै उहाँको राति ज्यान गएको वडा नम्बर ८ का वडा अध्यक्ष निश्चल अर्यालले जानकारी दिनुभयो । कोभिड उपचार केन्द्रमा सामान्य अवस्थामा गएका उहाँको राति ज्यान गएको वडाध्यक्ष अर्यालले बताउनुभयो ।
मोरङमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण १४ जनाको ज्यान गइसकेको छ ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना सङ्क्रमितको ज्यान गएको छ । धरान उपमहानगरपालिका– ८ का ६८ वर्षका सङ्क्रमितको आइतबार बेलुकी ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो । यसअघि प्लाज्मा थेरापी गरिएका दोस्रो व्यक्तिको शनिबार दिउँसो ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया