स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – बिहीबारदेखि काठमाण्डौका सडक सुनसान छन् । मान्छे हिँडेका छैनन् । गाडी कम मात्रै चलेका छन् । काठमाण्डौ छिर्ने नाकामा चहलपहल ह्वात्तै घटेको छ । खाद्यान्न, तरकारी, औषधी लगायतका अत्यावश्यक सामान बोक्ने गाडी र एम्बुलेन्स मात्रै चलेका छन् ।
कोरोनाको सङ्क्रमण बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लागेपछि गाडीको ओहोरदोहोर घटेको हो । काठमाण्डौ छिर्ने मुख्य नाका नागढुंगा र अर्को नाका साँगाबाट भित्रिने र बाहिरिनेको संख्या पाँच गुणाले घटेको छ ।
ट्राफिक प्रहरीका अनुसार निषेधाज्ञाअघि साँगाबाट दैनिक झण्डै ५ सय गाडी भित्रिन्थे र त्यति नै संख्यामा बाहिरिन्थे । तर निषेधाज्ञा सुरु भएपछि मुश्किलले दैनिक १ सय वटा गाडी मात्रै भित्रिने र बाहिरिने गरेका छन् । यस्तै मुख्य नाका नागढुंगामा अहिले दैनिक डेढ सयदेखि दुई सयसम्म गाडी भित्रिने र त्यति नै संख्यामा बाहिरिने गरेको छ । निषेधाज्ञाअघि दैनिक एक हजारदेखि १२ सयसम्म गाडी भित्रिने र त्यति नै संख्यामा बाहिरिने गर्थे ।
तरकारी र खाद्यान्न बोकेका गाडीका कारण बिहानपख नाकामा केही चहलपहल भए पनि दिउँसो भने सुनसान जस्तै हुन्छ । दिउँसोपख एम्बुलेन्स, प्रेस र अरु अत्यावश्यक सेवाका गाडी मात्रै फाट्टफुट्ट चलेका छन् । लकडाउनको बेलामा भन्दा पनि अहिले निषेधाज्ञाको बेला काठमाण्डौका सडक र नाका बढी सुनसान देखिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।