वीरगञ्जमा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

 भदौ १४, २०७७ आइतबार ११:२०:४९ | केसी लामिछाने
unn.prixa.net

पर्सा - वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिनाको बालकसहित ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

हिजो सार्वजनिक गरिएको पीसीआर परीक्षणमा ६ महिनाको बालकदेखि ९७ वर्षका वृद्धमासमेत कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताउनुभयो । 

सङ्क्रमितमध्ये पर्साका ४७ जना, बाराका ३० जना, मोरङ र काठमाण्डौका एक-एक जना छन । ४ सय ४२ जनाको स्वाबको नमुना परीक्षण गर्दा ७९ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । 

पर्साका ४७ सङ्क्रमितमध्ये पोखरिया नगरपालिकाका १२ जना र अरु सङ्क्रमित वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका छन् । यस्तै बाराका ३० सङ्क्रमितमध्ये विश्रामपुरका ३ जना, महागढीमाईका २ जना, जितपुर सिमराका २ जना र बाँकी सङ्क्रमित कलैया उपमहानगरपालिकाको विभिन्न वडाका रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया