डा. गोविन्द केसीको सत्याग्रह फेरि स्थगित

 भदौ १८, २०७७ बिहिबार १५:२०:३३ | निमेन्द्र शाही
unn.prixa.net

जुम्ला – वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले सत्याग्रह फेरि स्थगित गर्नुभएको छ । 

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पूर्वाधारसहित डाक्टर विषय पढाइलगायतका माग राख्दै सत्याग्रह बस्ने भन्दै जुम्ला आउनुभएको थियो । तर कोरोनाको प्रभाव बढेपछि केही समयका लागि भन्दै उहाँले सत्याग्रह स्थगित गर्नुभएको हो ।

डा. केसीले प्रेस विज्ञप्ति निकालेर यसबारेमा जानकारी दिनुभएको हो । विज्ञप्तिमा उहाँले भन्नुभएको छ, ‘महामारी फैलिँदै जाँदा जुम्लाबासीको विशेष आग्रहलाई मध्यनजर गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरिएको छ ।’  

यसैगरी  सरकारले आफ्ना माग पूरा नगरेको खण्डमा कुनै पनि बेला सत्याग्रह गर्ने जानकारीसहित उहाँले चेतावनीसमेत दिनुभएको छ । डा. केसीले विज्ञप्तिबाटै यस्तो जोखिम समयमा निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै स्वास्थ्यकर्मीहरुलाई नियमित सेवा सुविधाका साथै जोखिम भत्ता दिलाउन सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । 

उहाँले गएको साउन ११ गते जुम्लामा नै पत्रकार सम्मेलन गरेर तीन बुँदे माग सार्वजनिक गर्नुभएको थियो । चिकित्सा क्षेत्रका ती माग तीन हप्तापछि सरकारलाई पूरा गर्न र माग पूरा नभए जुम्लामा सत्याग्रह बस्ने बताउनुभएको थियो । 

यसैगरी डा. केसीले साउन ३२ गते फेरि पत्रकार सम्मेलन गर्दै भदौ ११ गते अनसनको समय सार्नुभएको थियो । यसैगरी भदौ ११ गते पनि डा. केसीले सत्याग्रह बस्ने वातावरण भएन । स्थानीय प्रशासनको अनुरोध भन्दै एक हप्तापछि सत्याग्रह सार्नुभएका केसीले फेरि एक विज्ञप्ति निकाल्दै केही समयका लागि स्थगन गर्नुभएको हो । 

यस्ता छन् उहाँका माग– 

डा. केसीले राख्नुभएको मागमा कर्णाली प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस सञ्चालन, गेटा मेडिकल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन सुरु गरिनुपर्ने भनिएको छ । 

सरकारले २०७५ साल साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने, शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरिनुपर्ने लगायतका माग रहेका  छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया