विदेशबाट घर फर्कंदा र होम क्वरेण्टीनमा बस्दा यी नियम पालना गरौँ

 भदौ १९, २०७७ शुक्रबार ९:५२:४६ | प्रा.डा. रीता अमात्य

यो महामारीको समयमा जुन देशबाट फर्किए पनि सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गर्नैपर्छ ।

सरकारले लागू गरेका स्वास्थ्य मापदण्डहरु दुःख दिनभन्दा पनि विदेशबाट आउँदा कोही सङ्क्रमित भएर आएको खण्डमा उनीहरुबाट अरुलाई सर्न नदिन अपाइएका उपायहरु हुन् । त्यसको पालनामा झर्को मान्न हुँदैन ।

नियमित उडानमार्फत विदेशबाट फर्कंदा पीसीआर रिपोर्ट अनिवार्य हुनुपर्ने लगायतका नियमहरु तपाईँहरुलाई दुःख दिनभन्दा पनि सुरक्षाका लागि बनाइएको हो । यसो गर्नुको कारण सँगै यात्रा गर्दा एक अर्कालाई नसरोस् भन्नको लागि हो ।

यस्तै नेपाल आइसकेपछि पनि कोरोना देखिएकाहरुलाई र नदेखिएकाहरुलाई अलग्गै राख्नुपर्ने हुन्छ । त्यही भएर जहाज चढ्नुभन्दा पहिले ७२ मघण्टाभित्र पीसीआर गराएको हुनुपर्छ । त्यताबाट आउँदा केही लक्षणहरु जस्तै खोकी लाग्ने, रुघा लाग्ने, सास फेर्न गाह्रो हुने, कसैलाई आँखा रातो हुने, घाँटी खसखसाउने जस्ता कुनै पनि लक्षण देखिएमा पीसीआर परीक्षण गर्नुपर्छ । त्यसपछि पीसीआरमा नेगेटिभ देखिएपछि मात्र हवाइ यात्रा गर्न राम्रो हुन्छ । नत्र आफूलाई पनि खतरा हुन्छ र अरुलाई पनि सर्ने जोखिम हुन्छ ।

विदेशबाट फर्किएर होम क्वरेण्टीनमा बस्दा यी कुरामा ध्यान दिऔँ

विदेशबाट आएकाहरुलाई अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने नियम छ । यसको अर्थ कसैलाई दुःख दिनु होइन । अरुलाई पनि नसरोस् र आफूमा केही लक्षण देखिहालेमा तुरुन्तै पहिचान होस् भन्नको लागि पनि हो । 

क्वरेण्टीनमा बस्दा सबैजना जम्मा भएर बस्नु हुँदैन, एक्लै बस्नुपर्छ । सबै नियम पालन गर्ने हो भने १४ दिनपछि घर फर्किंदा ढुक्क भएर परिवारका सदस्यसँग भेट गर्न सकिन्छ ।

हामीले गरेको पीसीआर पनि कहिले गरेको हो, कति समय भयो भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । कहिलेकाहीँ पीसीआरले पनि पोजेटिभलाई पनि नेगेटिभ देखाउन सक्छ । स्वाब राम्रोसँग नलिएको हुन सक्छ । त्यही भएर नेगेटिभ हुँदाहुँदै पनि होम क्वरेण्टीनमा बस्नुपर्छ भनेको हो ।

पीसीआर रिपोर्ट नेगेटिभ आए पनि यदि आफूमा कोरोना सम्बन्धी कुनै लक्षण देखिएमा अथवा सङ्क्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क भएको छ भने मलाई कोरोना हुन सक्छ भनेर सतर्कता अपनाउनुपर्छ । त्यही भएर नेगेटिभ रिपोर्ट आउँदाआउँदै पनि घरमा गएर होम क्वरेण्टीनमा बस्नु भनिएको हो ।

आफूमा कोरोनाको लक्षण देखिएमा काममा नजाने तथा कसैलाई रुघाखोकी ज्वरो आएको भए पनि काममा नजाने गर्नुपर्छ । आफूले साबधानी अपनाएमा मात्र यो समयमा आफू र अरुलाई पनि बचाउन सकिन्छ । 

होम क्वरेण्टीन भन्ने बित्तिकै घरमा गएर सबैसँग बस्ने, खाने सुत्ने होइन । अलग्गै बस्ने, खाने गर्नुपर्छ । धेरैपछि घर जाँदा छोराछोरीहरु, बुवाआमा, श्रीमतीसँग बोलचाल गर्न मन हुन्छ । घरमा बुढा बुवाआमा, बालबच्चा, तथा बिरामी मान्छे छन् भने त उहाँबाट झन् टाढै बस्नुपर्ने हुन्छ । आठ, दश दिनसम्म अरुसँग कुरा गर्नुपरे पनि टाढैबाट गर्ने, सकेसम्म अर्के शौचालय प्रयोग गर्ने, बीचबीचमा आफ्नो तापक्रम नाम्ने गर्नुपर्छ । 

यस्तै खोक्दा, हाच्छ्युँ गर्दा छोपेर गर्ने । जता पायो त्यतै नथुक्ने । मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोग र साबुनपानीले नियमित हात धुने लगायत स्वास्थ्य सुरक्षाका कुरामा ध्यान दियौं भने होम क्वरेण्टीन पनि प्रभावकारी नै हुन्छ ।
मास्क लगाउने, दूरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग, साबुनपानीले हात धुने खाना खानलाई पनि समूह बनाएर नखाने गरेमा सङ्क्रमण हुनबाट जोगिन सकिन्छ । 

आफूमा कोरोना लक्षण देखिएमा तुरुन्तै परीक्षण गराइहाल्नुपर्छ । आफूमा कोरोनाको लक्षण देखिएमा काममा नजाने तथा कसैलाई रुघाखोकी ज्वरो आएको भए पनि काममा नजाने गर्नुपर्छ । आफूले साबधानी अपनाएमा मात्र यो समयमा आफू र अरुलाई पनि बचाउन सकिन्छ । 

(प्राध्यापक डा. रीता अमात्यसँग गरिएको कुराकानीमा आधारित ।)
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रा.डा. रीता अमात्य

 डा. रीता अमात्य माईक्रोबायोलोजीकी प्राध्यापक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया