पार्टीका सबै संगठनहरुलाई महाधिवेशनको तयारीमा जुटन राजपाकाे सर्कुलर

 साउन २३, २०७५ बुधबार १७:३६:२ | उज्यालो सहकर्मी

काठमाडाै‌ं - राष्ट्रिय जनता पार्टी, नेपालले महाधिवेशनको तयारीमा जुटन पार्टीका सबै संगठनहरुलाई सर्कुलर जारी गरेको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालको बुधबार बसेको पार्टीका शिर्ष तहको बैठकले आगामी महाधिवेशनको तयारीमा जुट्न पार्टीका सबै संगठनहरुलाई सर्कुलर जारी गर्ने निर्णय गरेको हो ।

महाधिवेशनको तयारी रहन पार्टीका सबै संगठनहरुलाई सर्कुलर जारी गर्ने निर्णय गरिएको नेता राजकिशोर यादवले जानकारी दिनु भयो ।

बैठकमा संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक प्रशिक्षणको कार्यक्रम संचालन गर्ने निर्णय पनि गरिएको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल पनि गरिएको थियो । राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्ने लिखित सहमति गरेपछि सरकारलाई समर्थन गरेको थियो ।

सोही सहमति कार्यान्वयनका लागि प्रधानमन्त्री केपी ओलीसँग बिहिबार पुनः भेट गर्ने निर्णय पनि गरिएको नेता यादवले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया