१९ वर्षसम्म पनि बन्न सकेन ४३ किलाेमिटर सडक

 भदौ २५, २०७७ बिहिबार १८:७:२१ | निमेन्द्र शाही
unn.prixa.net

बाजुराकाे जगन्नाथ गाउँपालिका ६ को काब्रीमा पहिरो हटाउँदै गरेको नेपाली सेनाको एक्स्काभेटर । तस्बिर : निमेन्द्र शाही, बाजुरा ।

बाजुरा – बाजुराको सदरमुकाम मार्तडीदेखि पूर्वाेत्तर क्षेत्रका चार पालिका जोड्ने मुख्य सडक मार्तडी–कोल्टी ४३ किलोमिटर सडक १९ वर्षदेखि निर्माणाधीन अवस्थामा छ । 

१९ वर्षसम्म पनि सडक नबन्दा यो बाटो भएर यात्रा गर्ने हुम्ला, मुगु र जिल्लाका पूर्वाेत्तर क्षेत्रका बुढीनन्दा नगरपालिका, स्वामी कार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकाका बासिन्दाले सास्ती बेहोर्नु परेको छ । 

त्यस्तै जिल्लाका दर्जनौँ ग्रामीण सडक खोल्न पालिकाले अग्रसरता देखाएका छैनन् । कति सडक वर्षाका कारण बिग्रिएका छन् तर मर्मत नहुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । 

तत्कालीन जिल्ला विकास समितिले निर्माण कार्य सुरु गरेको यो सडकको १४ वर्षपछि ट्र्याक ओपन भएको थियो । तर सडक बिग्रिएका ठाउँमा मर्मत रहुँदा स्थानीयले सास्ती बेहोर्नु परेको हो । 

‘यो सडकमा गाडी चलाएको चार वर्ष भयो तर यो बाटो कहिल्यै सुध्रिदैँन । एक पटक मार्तडीबाट कोल्टी पुग्यो भने गाडी ग्यारेजमा हालेर मर्मत गनु पर्ने बाध्यता छ । हैरान छ चलाउन’, जीप चालक अमर साउदले भन्नुभयो । 

पालिकाले बजेट बिनियोजन गरेर काम समयमा सुरु गर्न नसकेका कारण सडक सञ्चालनमा आउन नसकेका हुन् । बाजुराको बाटो प्रयोग गरेर जाने हुम्ला, मुगु र बाजुराका पूर्वाेत्तर क्षेत्रका नागरिक आजित छन् । 

सडक सञ्जाल नजोडिएका कारण पूर्वाेत्तर क्षेत्रका अधिकांश पालिकामा बन्ने योजनामा समानहरु समयमा पुग्न नसकि बाटोमै अलपत्र हुने र कागजमा मात्र योजना सम्पन्न हुने समस्या छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया