दैलेखमा बालविवाह गर्ने दुई जोडी पक्राउ

 असोज १०, २०७७ शनिबार ७:३४:४६ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखमा बालविवाह गर्ने दुई जोडी पक्राउ परेका छन् । नौमूले गाउँपालिका–३ द्वारीगाउँका १७ वर्षका किशोर र नौमूले गाउँपालिका–५ नौमूले गाउँकी १६ वर्षकी किशोरीलाई बालविवाहको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बालविवाह गरेको सूचनाका आधारमा उनीहरुलाई नौमूले गाउँपालिका–३ द्वारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनमोल श्रेष्ठले बताउनुभयो । त्यस्तै डुंगेश्वर गाउँपालिका–४ अवलपराजुलका २७ वर्षका युवाले डुंगेश्वर गाउँपालिका–३ चौखडाकी १५ वर्षकी किशोरीलाई विवाह गरेको आरोपमा दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले गएको भदौ ३० गते विवाह गरेको उजुरीका आधारमा मंगलबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो । मुलुकी अपराध सहिंता ऐन २०७४ ले उमेर २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह मानेको छ । बालविवाह गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया